सुनको मूल्य घट्यो

gold-price-in-nepal

काठमाडौं / आज स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको छ। सोमबार प्रतितोला रु. एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो सोमबार प्रति तोला रु. एक लाख ४५ हजार चार सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज रु. एक लाख ४५ हजार तीन सयमा कारोबार भैरहेको छ।

Advertisement:gold-price-in-nepal

सोमबार प्रतितोला रु. एक हजार सात सय ५० मा कारोबार भएको चाँदीको मुल्य आजका लागि रु. १० ले घटेर रु. एक हजार सात सय ४०मा कारोबार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस् :