भारतीय उद्धार टोलीको १९ केजी चुम्बक नारायणी नदीमा फेला

चितवन / त्रिशूली नदीमा खसेको बस खोजी गर्ने क्रममा हराएको भारतीय उद्धार टोलीको १९ केजी चुम्बक र लाइफ ब्वाइ ट्युब काभ्रेघाटस्थित नारायणी नदीमा भेटिएको छ।
त्रिशूलीको सिमलतालमा हराइरहेका बस खोज्न प्रयोग गरिएका दुई चुम्बकमध्ये १९ केजीको एउटा चुम्बक हराएको थियो। उक्त चुम्बक आज नारायणी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर-२९ स्थित नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएर वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको यात्रुवाहक बस त्रिशूली नदीमा बेपत्ता भएका थिए। सो बसमा सवार ६५ यात्रु मध्ये तीन जनाले हाम फालेर ज्यान जोगाएका थिए। बससँगै हराइरहेका ६२ जनामध्ये अहिलेसम्म २५ जनाको मात्रै शव भेटिएको छ।
हराइरहेका ती बसको खोजी कार्यमा सघाउन आएको भारतीय उद्धार टोली सोनार क्यामेरा, ठूला चुम्बकलगायत उपकरणबाट खोज्दा पनि केही पत्तो नलागेपछि हिजो फर्किसकेको छ। नेपाली सुरक्षाकर्मीले भने बसको खोजतलास जारी राखेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस