टिआरसी विधेयक : गृह मन्त्रालयमा कार्यदलको बैठक शुरु

काठमाडौं / संक्रमणकालीन न्याय (टीआरसी) विधेयक सँग सम्बन्धी गठित कार्यदलको बैठक शुरु भएको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको हो। आजको बैठकमा महान्यायाधिवक्ता रमेश बडाल, कानूनमन्त्री अजय चौरसिया सहित सुरक्षा निकायका प्रतिनिधि समेत सहभागी छन्।
यस अघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भएको बताइएको छ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिवमा शर्मा सहभागी रहेका छन्।
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रुप दिन बैठक बस्न लगिएको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस