अमेरिकामा विमान दुर्घटना हुँदा १० एकडको जंगलमा आगलागी, मृतकको संख्या अज्ञात

अमेरिकाको व्योमिङको जंगल क्षेत्रमा विमान दुर्घटना भएको छ। दुर्घटनाका कारण जिलेट नगर नजिकै फैलिएको १० एकडको जंगलमा आगो लागेको छ।
क्याम्पबेल काउन्टीका अधिकारीले सोशल मीडियामार्फत उक्त दुर्घटना बारे जानकारी दिएका छन्। दुर्घटना जिलेट नगर नजिकै स्थानीय समय शुक्रवार दिउँसो १ बजे भएको थियो।
क्याम्पबेल काउन्टी अन्डरशेरिफ क्वेन्टिन रेनल्ड्सले दुर्घटना हुनुपूर्व विमानका चालकले विमानमा गडबडी भएकाले आपत्को अवस्थामा रहेको जानकारी दिएका थिए। विमान चालकबाट सूचना आएलगत्तै विमान दुर्घटनामा परेको थियो। विमान करिब १० हजार फिटको उचाइमा रहेका वेला दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनास्थल नजिकै धुवाँको मुस्लो देखेपछि स्थानीय बासिन्दाले फोनमार्फत प्रशासनलाई जानकारी दिएका थिए। अधिकारीहरूले विमान दुर्घटनाका कारण जंगलमा भीषण आगलागी समेत भएको बताएका छन्।
विमानमा चढेका यात्रीका बारेमा कुनै जानकारी उपलब्ध हुन सकेको छैन। सबै यात्री मरेको आशंका गरिएको छ।
कैयौँ मीडियाले विमानमा ७ जना रहेको दावी गरेका छन्। विमानले नेब्रास्कामा इन्धन भरेको थियो। नेब्रास्का सिटी एयरपोर्टका व्यवस्थापकले उक्त विमानमा २०० ग्यालेन इन्धन भरेको जानकारी दिएका थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस