शेयर बजार ३२ अंकले उकालो लाग्यो

काठमाडौँ / आज धितोपत्र बजारमा शेयर बजार परिसूचक नेप्से बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अंकले बढेर २ हजार ५६८ दशमलव ११ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ९ अंकले उकालो लागेर ४६० दशमलव शून्य ३ मा पुगेको छ।
कूल ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ मूल्यमा कारोबार भयो।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ उपसमूहको शेयर मूल्यमा भने गिरावट अएको छ।
९ उपसमूहको शेयर मूल्य बढेको छ।
नेप्सेका अनुसार उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ।
गणपति लघुवित्त ९ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले कमाएका छन्।
मितेरी डेभलपमेन्ट बैंक ७ दशमलव ६५, माण्डू हाइड्रोपावर ४ दशमलव ६८, एसबिएल डिबेञ्चर ३ दशमलव ९२, कालिका पावर कम्पनी ३ दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६१ प्रतिशतले गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस