विमान दुर्घटना : सवार १८ जनाको मृत्यु, क्याप्टेन मनिषरत्न शाक्य जीवित

काठमाडौं / काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको (९ एन एएमई) जहाज दुर्घटना हुँदा मा सवार १८ जनाले ज्यान गुमाएका छन्। उक्त जहाजले टेकअफ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।
विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको थियो।
सङ्कलित ती शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पुर्याइएको छ। सो विमानका चालक दलका क्याप्टेन मनिषरत्न शाक्यलाई मात्र जीवितै उद्धार गरिएको छ। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो। विमानस्थल पुनः सञ्चालनमा आएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस