आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं / प्रतिनिधिसभा अन्तर्गत ६ वटा संसदीय समितिको बैठक बुधबार बस्दैछन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल सरकारले पछिल्लो समय मित्रराष्ट्रको सन्धिसम्झौताको विवरण र हालसम्मको कार्यप्रगतिबारे छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्ने तय भएको छ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ।
कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा पनि समितिमा प्राप्त विधेयकका सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार विकास समितिमा भने प्राप्त उजुरीमा छलफल गर्ने कायसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासंगको छलफल निरन्तरता पाउनेछ। यी बैठक बिहान ११ बजे नै शुरु हुने संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस