बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

Bangladesh_protest_news

काठमाडौं / सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले गएराति प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको जनाएको हो।

मन्त्रालयले विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ । तत्काल कुनै सहयोग आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सकिने पनि मन्त्रालयले उल्लेख गरेको छ।

Advertisement:Bangladesh_protest_news

बंगलादेशमा कति नेपाली विद्यार्थी छन् भन्नेबारे हालसम्म नेपाल सरकारसँग आधिकारिक तथ्यांक भने छैन । बंगलादेशमा सरकारी जागिरमा रहेको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले शुरु गरेको आन्दोलन देशभर चर्किएपछि कर्फ्यू जारी भएको छ।

प्रतिक्रिया दिनुहोस् :