नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज गठन हुने

काठमाडौँ, असोज ४ / तारकेश्वर नगरपालिका–११ नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,”पूर्व विद्यार्थी समाज” गठन गर्नको निम्ति भोलि असोज ५ गते शनिबार बिहान ७ बजे विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजना हुने भएको छ।
२००४ सालमा स्थापना भएको विद्यालयमा हालसम्म पनि “पूर्व विद्यार्थी समाज” गठन गर्नको निमित्त कोही अगाडि नसर्नु दुखद रहेको एसएलसी ब्याच २०५७ का विद्यार्थी तथा भेला समिति आयोजक रामराजा ओझाले बताए। कुनै पनि विद्यालयमा पूर्व विद्यार्थी समाज एउटा अपरिहार्य अङ्गको रुपमा रहने हुँदा सम्पूर्ण पूर्व विद्यार्थीहरू एकजुट भई यस संस्थालाई विधिवत दर्ता गरी ट्रेनको लिगको रूपमा स्थापित गर्न लागिपरेको उनले बताए ।
साथै पूर्व विद्यार्थी समाज राजनीतिमुक्त हुनुपर्छ भन्ने कुरामा उनको स्पष्ट दृष्टिकोण रहेको छ। देश तथा विदेशमा रहेका विद्यालयका पूर्व विद्यार्थीहरुलाई समाजमा सहभागि हुन आब्हान समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस