काठमाडौँमा पोलियोको जीवाणु भेटियो, उपत्यकामा साउन १२ देखि खोप अभियान संचालन हुँदै

काठमाडौँ, तातोखबर / काठमाडौँमा पोलियोको जीवाणु भेटिएको छ। टुकुचाको ढलबाट संकलन गरिएको नमुना परीक्षण गर्दा पोलियो भाइरस टाइप ‘घ’ को जीवाणु भेटिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा.अभियान गौतमले बताए।
काठमाडौंको पोलियो भाइरस जीवाणु भेटिए पछि स्वास्थ्य महाशाखाले काठमाडौं, ललितपुर भक्तपुरमा पोलियो विरुद्धको खोप अभियान सन्चालन गर्ने भएको छ।
डा. गौतमका अनुसार काठमाडौं उपत्यकामा साउन १२ देखि पोलियो खोप अभियान संचालन हुँदैछ। नेपालमा १३ वर्षयता पोलियो भाइरस फेला परेको थिएन। १० वर्षअघि नेपालमा पोलियो उन्मूलन घोषणा भएको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस