दमौली अस्पताललाई एक करोड बराबरका चारवटा उपकरण प्रदान

तनहुँ / स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई रु. एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालामा प्रयोग गरिने यन्त्र प्रदान गरेको छ।
विभागले हेमाटोलोजी एनालाइजर, अटोमेटेड युरिन एनालाइजर, फुली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो। पूर्वमन्त्री शङ्कर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरेका हुन्।
नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा बिरामीले ‘ल्याब रिपोर्ट’ पाउनेछन्। यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा बढी समय लाग्थ्यो।
उपकरण हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ मिश्र लगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस