सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित ‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेट प्रतिबन्ध

काठमाडौँ / सुमी फर्मास्युटिकल्सद्वारा उत्पादित ‘ओफिन’ एन्टिबायोटिक ट्याब्लेटलाई औषधी व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ।
विभागले बजार अनुगमनका क्रममा ओफिनको गुणस्तर न्यून पाएपछि उक्त कम्पनीबाट उत्पादित ब्याच नम्बर ०-२३ को ओफिन ट्याब्लेट गुणस्तरहीन रहेको जनाएको छ।
‘उक्त ब्याच नम्बरको औषधि न्यून गुणस्तर भएको पाइएकोले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरिएको छ’ विभागले भनेको छ।
विभागले बजारबाट प्रतिबन्धित ओफिन तुरुन्त फिर्ता लैजान तथा उक्त औषधिको विवरण पेश गर्न कम्पनीलाई निर्देशन समेत दिएको छ। साथै सो औषधिको सिफारिश, बिक्रीवितरण तथा प्रयोग नगर्न विभागले सबैलाई आग्रह गरेको छ।
ओफिन ट्याब्लेट एन्टिबायोटिक औषधि हो र विभिन्न खालका संक्रमण हुँदा यो औषधि प्रयोग गर्न चिकित्सकहरुले सिफारिश गर्ने गर्छन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस