जसपाबाट सरकारमा पुरानै मन्त्री सहभागी हुने

काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ। जसपाले पुरानै मन्त्रीलाई दोहोर्याएको छ। जसअनुसारप्रदीप यादव र नवलकिशोर साह सुडी मन्त्री बन्ने भएका छन्।
यादव प्रचण्ड सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए भने सुडी वन तथा वातावरणमन्त्री थिए। अहिले यादवले खानेपानी र सुडीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको शपथ लिने टुंगो लागेको जसपाका महासचिव इस्तियाक राईले बताए।
अशोक राई नेतृत्वको जसपाले दुईवटा मन्त्रालय लिएर केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस