त्रिशूली बस दुर्घटना अपडेट : नारायणी नदीमा भारतीय नागरिकको शव भेटियो

काठमाडौं / नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोसँगै नदीमा खसेका दुईवटा बसको खोजीका क्रममा नारायणी नदीमा एक शव फेला परेको छ। भरतपुर महानगरपालिका-२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले बताए। उनको साथमा भेटीएको भारतीय आधार कार्डका अनुसार उनको नाम ऋषिपाल साह रहेको खुलेको छ। तर यकिन ठेगाना पत्ता लागेको छैन।
हराएका बसहरुको यात्रु हुन् वा होइनन् भन्नबारे पनि खोजी भइरहेको रिजालले बताए। हिजो काठमाडौँबाट गौर जाँदै गरेको २७ यात्रु सवार बस र वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको २४ यात्रु सवार बस पहिरोले बगाएर त्रिशूली नदीमा खसेका थिए। ३ यात्रु भने पौडीएर बाँच्न सफल भएका थिए।
हिजो दिनभरको खोजतलासपछि पनि बस नभेटिएछि आज बिहानदेखि फेरि खोजी कार्य सुरु गरिएको छ। आज बिहानैदेखि करिब ५ सय सुरक्षाकर्मी र सशस्त्र प्रहरीको २८ गोताखोर टोली ड्रोनको सहायताले खोजीकार्यमा जुटेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस