मन्त्रीको नाम टुंगो लगाउन कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलायो

काठमाडौं / सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीको नाम टुङ्गो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्नेको टुंगो लगाउन सभापति शेरबहादुर देउवाले समितिको बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पौडेलले बताए।
राष्ट्रपति रामचन्द्र पौडेलले भोलि आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दैछन्। सानो आकारको मन्त्रिमण्डल आइतबार नै गठन गर्ने तयारी रहेकाले कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने तयारी गरेको हो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस