नेपाली सेनामा ३८ सय ८७ जना नयाँ सिपाही
काठमाडौं / विक्रम सम्वत् २०८० साल भाद्र ३ गतेदेखि नेपाली सेनाका २६ स्थानहरूमा सञ्चालित सैन्य आधार तालिम बुधबार समापन भएको छ।
तालिम समापनका अवसरमा सैन्य जवानहरूले विभिन्न तालिम केन्द्रहरूमा अन्तिम दलेल कवाजको प्रदर्शनीसँगै ३ हजार एक सय ३३ जना पुरुष तथा ७ सय ५४ जना महिला गरी ३ हजार ८ सय ८७ जना सैन्यहरू दीक्षित भएका छन्।
नं.१ सैन्य तालिम केन्द्र, त्रिशूलीमा बलाधिकृत रथी अशोकराज सिग्देल र नं.२ सैन्य तालिम केन्द्र, सैनामैनामा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकाल तथा अन्य स्थानहरूमा सम्बन्धित पृतनापति, वाहिनीपतिहरुले कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गरेका थिए।
त्रिशुलीमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा सहभागीहरूलाई सम्बोधन गर्दै बलाधिकृत रथी अशोकराज सिग्देलले एक कर्मठ, इमानदार, अनुशासित एवं नेपाली सेनाको मूल्य-मान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्था प्रति समर्पित रही जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएका बधाई ज्ञापन गरे।
उनले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण एवं जगेर्ना गर्नको लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै सदैव राष्ट्र र जनताको हितमा आफूलाई समर्पित गर्न निर्देशन दिए।
विभिन्न तालिम केन्द्रहरूमा आयोजित सैन्य आधार तालिमको अन्तिम दलेल कवाजमा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नवनियुक्त सिपाहीका परिवारलगायत स्थानीय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट ग्लोबल आइएमई बैंक सम्मानित
-
२.
एसीसी मेन्स इमर्जिङ कपको फाइनलमा आज अफगानिस्तान र श्रीलंका भिड्ने
-
३.
साफ महिला च्याम्पियनसिप : पाँच पटकको विजेता भारतलाई हराउने दाउमा नेपाल
-
४.
जंगलमा हराएका चारजना पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार
-
५.
रविलाई हरहालतमा बचाउँनैपर्छ भन्ने केपी ओली हो, म होइन : प्रचण्ड