प्रचण्डलाई विश्वासको मत नदिन एमालेको ह्वीप जारी

काठमाडौं / नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति गरेको नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन्।
एमाले र जसपाले साथ छाडेपछि अल्पमतमा परे पनि प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मतका लागि संसद् फेस गर्दै छन्। एमालेले त्यसदिन सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएकाे छ।
सरकारलाई समर्थन गरेको कुनै दल विभाजन भएमा वा समर्थन फर्ता लिएमा ३० दिनभित्रमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ। कांग्रेस एमालेले अल्पमतमा परेकाले राजीनामा दिन आग्रह गरे पनि संवैधानिक सुविधा उपयोग गर्दै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस