मुसलधारे वर्षासँगै देशैभरि बाढी पहिरोको खतरा जारी

काठमाडौं, २३ असार / नेपालमा केही दिनदेखि जारी मुसलधारे वर्षापछि आएको बाढी पहिरोको त्रास अझै कम हुन सकेको छैन । नेपालमा जलवायु विज्ञहरुद्वारा प्रक्ष्येपण गरिएको यस वर्षको वर्षायाममा १८ लाख सर्वसाधारणा चट्याङ, बाढी तथा पहिरोलगायका जलवायु प्रकोपको त्रास जनस्तरमा कायमै छ ।
वर्षापछि आउने बाढी पहिरोको प्रभाव लक्षित पूर्व तयारी नहुदै जनस्तरमा यस्तो त्रास अझै बढेर गएको छ । यद्यपि प्रतिरक्षाका लागि आवश्यकताअनुसार पूर्व तयारी गर्नुको सट्टा सरकारीस्तरबाट सर्वसाधारणालाई सुरक्षित रहन निर्देशन मात्रै गरिदै आएको छ ।
नेपालमा झण्डै तीन साताअघिदेखि सुरु भएको मनसुनको प्रभाव अझै जारी छ । देशैभरि भारी वर्षासँगै चट्याङ, बाढी तथा पहिरोका विवरणहरु धमाधम प्राप्त भईरहदा देशभरि सर्वसाधारणमा पिवद्को महशुस गरिरहेका छन् । हरेक वर्षको वर्षायामसँगै नेपालको कोशी बाँधको पिरलो यस वर्ष पनि बढेर गएको छ । केहीदेखि जारी रहेको मुसलधारे वर्षाले कोशीको नदीमा पानीको सतह बढेर चिन्ताजनक अवस्थामा पुृगेको छ ।
आइतवार विहानको मापनअनुसार कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको अधिकारीहरुले दिएको विवरणमा उल्ल्लेख गरिएको छ । यसैसँगै ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् । अझै यो खतरा कम नभइसकेकोले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।
यता केही दिनदेखि जारी रहेको मुसलधारे वर्षासँगै नेपालको गौरवशाली आयोजनाका रुपमा सञ्चालन भइरहेको सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले चनौटेको बेलीब्रिज बगाउने खतरा बढेर गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको भने बेलीब्रिज जोगाउने प्रयास भइरहेको स्थानीय बासिन्दाहरुले जानकारी दिएका छन् । हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको जनाइएको छ ।
त्यस्तै चितवनमा नारायणी नदी खतराको तहभन्दा धेरै माथि पुगेपछि नदी किनारका १ सय ७१ जनालाई सुरक्षित स्थानमा सारिएको समाचार प्राप्त भएको छ । नारायणी नदी किनार आसपासका भरतपुर महानगरपालिका वडा नम्बर १६, ३, १७ लगायतका नदी किनारका बाढी जोखिम क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् । भारी वर्षाका कारण नारायणीमा आएको बाढीले भरतपुर–३ को न्यूरोड र नगरवन जोड्ने झोलुंगे पुल बगाएको छ भने नारायणी नदीमा बाढीको सतह अझै उकालो लाग्दै गरेको र नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेको बुझिएको छ ।
त्यस्तै सुदुरपश्चिम प्रदेशमा पनि वर्षापछि खसेको पहिरोका कारण सुदूरपश्चिम प्रदेशका केही जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द रहेको र वर्षांको प्रभाव कम हुदै गएपछि सडक सुचारु गर्न प्रयास भइरहेको जनाइएको छ ।
त्यसैगरी सेती नदीको जलस्तर बढेर बाढी बस्तीमा पस्न थालेपछि सिगास गाउँपालिकाका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले दिएको जानकारी अनुसार सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् ।
अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका भने सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् । यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस