कर्णाली पश्चिमबाहेक देशैभरिका पहाडी भूभागमा मुसलधारे वर्षा हुनसक्ने

काठमाडौं ९ असार/ कणार्लीदेखि पश्चिम क्षेत्रबाहेक देशै भरिका पहाडी भूभागहरुमा आज रातिदेखि मुसलधारे बर्षाको सम्भावना रहेको छ । मनसुनी प्रभाव बढ्दै गएकोले आज मुसलधारे वर्षाको सम्भावना बढेर गएको हो ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठुलो वर्षा हुन सक्ने भएकाले सतर्कता आपनाउन जल तथा मौसम पूर्वानूमान महाशाखाद्वारा सर्वसाधारणलाई आग्रह समेत गरिएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको र देशका बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।
यो हप्ताभर मनसुनी प्रभाव रहेका प्रदेशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न पनि आग्रह गरिएको छ । महाशाखाले जनाएअनुसार बाटती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस