मधेसका मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिन एमालेको ह्विप जारी

वीरगन्ज /  मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदमाथि ह्विप जारी गरेको छ ।

प्रदेश सभा बैठकबाट शनिबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री सिंहको पक्षमा मतदान गर्न एमालेले ह्विप जारी गरेको हो ।

Advertisement:

मधेस प्रदेश एमाले संसदीय दलका नेता एवं भौतिक मन्त्री सरोजकुमार यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका हुन् । केन्द्रको सहमति अनुसार मधेसमा आफ्नो दलले मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई विश्वासको मत दिने यादवले जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि जनमत पार्टीका सिंह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार सिंहले शनिबार विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस् :