युरो कप २०२४ : स्पेनद्वारा आयोजक जर्मनी पराजित

काठमाडौँ / स्पेन जारी युरो कप २०२४ को सेमिफाइनलमा पुगेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले पराजित गरेको हो ।
खेलको निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाउन मद्दत गरे ।
खेलको अन्त्यमा ड्यानी कार्भाहालले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेता परे पनि जर्मनीले त्यसपश्चात गोल फर्काउन सकेन ।
दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । स्पेन जिततर्फ अग्रसर बनिरहँदा ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए ।
जारी युरोकपमा स्पेन हालसम्म अपराजित टिम हो । स्पेनले पाँचै खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको हो ।
स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु