अध्यक्ष ओलीले गरे एसईई मौका परीक्षामा धेरैलाई पास गराउने घोषणा

बुटवल, २१ असार / नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० सालमा एसईई परीक्षा दिएर अनुतिर्ण भएका परिक्षार्थीहरुका लागि सञ्चालन गर्न लागिएको मौका परीक्षामा धेरैभन्दा धेरै परिक्षार्थीहरुलाई पास गराउने घोषणा गरेका छन् । मौका परीक्षाका परिक्षार्थीहरुका लागि देशैभरि निशु:ल्क अनलाईन कक्षा सञ्चालन गर्ने अध्यक्ष ओलीले घोषणा गरेका हुन् ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षामा सहभागी हुने परिक्षार्थीहरु सजिलै उतिर्ण हुने गरी अनलाइन कक्षा सञ्चालन गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए । २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय तथा विद्यार्थीहरुको सम्मानका लागि हिजो रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एसईई परीक्षा राम्रोसँग उत्तीर्ण गराउनका लागि अंग्रेजी, गणित, अप्सनल म्याथ, साइन्स र सामाजिक विषयका कक्षाहरु अनलाइनमार्फत उपलब्ध गराइने बताए ।
काठमाडौंबाट गुणस्तरीय शिक्षकले अनलाइनमार्फत शिक्षणको व्यवस्था गरिने जानकारी दिदै उनले अनलाइन कक्षाको व्यवस्था देशभर नै गरिने र निशुल्क अनलाइन शिक्षा लिनका लागि फेसबुकको ‘केपी शर्मा ओली’ पेजमा सम्पर्क राख्न समेत परिक्षार्थीहरुलाई आग्रह गरे । पेजमा सम्पर्क नम्बर छोडेपछि अनलाइन कक्षामा जोडिएर अनलाइन कक्षाको लाभ लिन सकिने अध्यक्ष ओलीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस