एमालेको प्रधानमन्त्रीलाई ध्यानाकर्षण : दीर्घकालीन असर पर्ने कुनै काम नगर्नु

काठमाडौं / नेकपा एमालेले प्रधानमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै काम नगर्न नगराउन ध्यानाकर्षण गराएको छ।
महासचिव शंकर पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार अल्पमतमा परिसकेको भन्दै ध्यानाकर्षण गराएका हुन्। संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि सहमति गरिसकेकाले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पनि पोखरेलले प्रचण्डलाई आग्रह गरेका छन्।
एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बुधबार नै आफ्ना सबै मन्त्री फिर्ता बोलाइसकेको छ। हाल एमालेले पाएको सम्पूर्ण मन्त्रालयको जिम्वेवारी प्रधानमन्त्री आफैंले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस