एमालेको सचिवालय बैठक बस्दै, नयाँ सरकार गठनको प्रक्रिया आजैबाट अघि बढ्ने

काठमाडौं / नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । दिउँसो ३ बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकमा कांग्रेस र एमालेबीच भएको नयाँ सत्ता समीकरणको सहमतिका विषयमा छलफल हुने ज्ञवालीको भनाइ छ। उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने कि मन्त्रीहरूलाई राजीनामा गराउने भन्ने विषयमा छलफल हुनेछ।
उपमहासचिव ज्ञवालीले नयाँ सरकार गठनको प्रक्रिया पनि आजैबाट अघि बढ्ने बताए।
यसअघि कांग्रेस र एमालेबीच सोमबार मध्यराति नयाँ सत्ता समीकरणका लागि सहमति भएको छ। नयाँ सरकार बनाउने सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिपत्रमा हस्ताक्षर भए पनि सार्वजनिक भने भएको छैन। सहमति अनुसार सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने छन् र चुनावी सरकारको नेतृत्व भने कांग्रेस सभापति शेरबहादुर देउवाले लिनेछन्।
केन्द्र सरकारसँगै प्रदेश सरकारको नेतृत्वको विषय पनि टुंगिएको छ। कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम तथा एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व लिने सहमति भएको छ। मधेश प्रदेशको नेतृत्व भने मधेशकेन्द्रित दललाई नै दिने सहमति भएको छ।
नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै कांग्रेसले पनि आफ्नो पदाधिकारीको बैठक बोलाएको छ। आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस