हतियारसम्बन्धी अमेरिकासँगका विवाद सुल्झाउन प्रधानमन्त्री नेतन्याहु प्रतिबद्ध

काठमाडौं, १० असार / गाजा युद्धका लागि अमेरिकाले गोलाबारुद्ध तथा हातहतियार रोकेको सार्वजनिक वक्तव्य दिएर उब्जिएको विवाद सुल्झाउन आफू लागिपरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन् । अमेरिकासँग बार्ताका लागि इजरायली रक्षामन्त्री अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्री नेतन्याहुको यस्तो प्रतिबद्धता आएको हो ।
गाजा युद्धका कारण अमेरिकासँग भएको हतियारसम्बन्धी विवाद सुल्झाउनेलगायतका विषयमा बार्ता गर्न इजरायली रक्षामन्त्री योआभ ग्यालेन्ट वासिङ्टन उडेका बेला प्रधानमन्त्री नेतान्याहुले गाजा युद्धको विषयमा उब्जिएको विवाद आफैंले समाधान गर्ने जनाए । प्रधानमन्त्री नेतन्याहुले एउटा भिडियोमार्फत उक्त विवादास्पद अभिब्यक्ति दिएका थिए । तर अमेरिकी सरकारको तर्फबाट उनको यस अभिब्यक्तिको विषयमा आफूहरु जानकारी नरहेका बताईएको छ ।
मन्त्रिपरिषद्मा बोल्दै प्रधानमन्त्री नेतन्याहुले भनेका छन्, ‘अमेरिकाबाट इजरायलमा आउने हतियारको आपूर्तिमा करिब चार महिना अघिदेखि नाटकीय गिरावट आएको थियो । हामीले सबै प्रकारका स्पष्टीकरण पायौँ, तर आधारभूत अवस्था परिवर्तन भएन ।’ गाजामा हमासका लडाकुसँग लडिरहेको र लेबनानको उत्तरी सीमामा लेबनानी हिजबुल्लाहसँग सशस्त्र लडाइँ जारी रहेको समयमा आफ्नो अस्तित्वका लागि युद्ध लड्न अमेरिकी गोलाबारुदको आवश्यकता रहेको विहीबार इजरायली प्रधानमन्त्रीले बताएका थिए ।
वासिङ्टन इजरायलको मुख्य सैन्य समर्थक भए पनि ह्वाइट हाउसले इजरायलले आठ महिनाभन्दा बढी समयदेखि हमास लडाकुहरूसँग लडिरहेको गाजामा नागरिकको बढ्दो मृत्युप्रति निराशा व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस