परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान जाँदै

काठमाडौं / उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इरान जाँदै छन्।
इरानको राजधानी तेहरानमा असार १० गते आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल सहित त्यसतर्फ प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रिस्तरीय बैठक अघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले यही असार ९ गते हुने एसिडीका वरिष्ठ अधिकारीको बैठकमा भाग लिनेछन्।
उपप्रधानमन्त्री श्रेष्ठ यही असार १२ गते स्वदेश फर्किने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस