कवाडी व्यवसायीमाथि प्रहरीको लाठी चार्ज : प्रभु साह र अमरेशको आक्रोश

काठमाडौँ / प्रतिनिधिसभा सदस्य प्रभु साहले सांकेतिक विरोध प्रदर्शनमा उत्रिएका कवाडी व्यवसायीमाथि प्रहरीको लाठी चार्जबारे उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांकेतिक प्रदर्शनका क्रममा कवाडी व्यवसायीमाथि भएको प्रहारबारे सरकारको जवाफ माग गरेका छन् । उनले सांकेतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक भएको उल्लेख गरे ।
उनले प्रहरीको लाठी चार्जका कारण मंगलवार बानेश्वरमा आन्दोलनका क्रममा ५० जना घाइते भएको र एक दर्जनभन्दा बढी गम्भीर घाइते भएको बताए ।
साहले भने, ‘सांकेतिक विरोध प्रदर्शन गर्ने नेपाली जनताको संवैधानिक हक हो । लोकतान्त्रिक हक हो तर हिजो कवाड व्यवसायीहरू सांकेतिक जुलुसमा थिए । सांकेतिक आन्दोलनमाथि प्रहरीले निर्मम प्रहार गरेको छ। ५० जना जति घाइते छन् । एक दर्जन जति त गम्भीर घाइते भएका छन् । म गृहमन्त्रीको भनाइ चाहन्छु, सांकेतिक जुलुसमा किन लाठी प्रहार भयो ?’
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले कवाडी व्यवसायीमाथि सरकारले दमन गरेको बताए । उनले मधेशी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताए । उनले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरूको निःशुल्क उपचारको माग गरे ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस