नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार भएको छ। आज नेप्से परिसूचक २ दशमलव २७ अंकले बढेर २ हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो ।
आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ४८ हजार ७०६ पटक खरिदबिक्री हुँदा ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार ६३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त २ दशमलव ६२, जलविद्युत् शून्य दशमलव ३२, लघुवित्त शून्य दशमलव १४, निर्जीवन बीमा समूह शून्य दशमलव १७ र अन्य समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ।
अरु सबै समूहको उपसूचक घटेको छ ।
विकास बैंक समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ३६, लगानी शून्य दशमलव १८, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ ।
नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २० करोड २३ लाख ३८ हजार १४० रुपैयाँ बराबरको २ लाख ८५ हजार ४० कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस