नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ता बढ्दै

काठमाडौँ / नेपालमा प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ।
बुधवार काठमाडौँमा लागुऔषध दुर्व्यसनी, कानूनी कारबाही र हालको व्यवहारबारे पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार २०७६ मा देशभर अनुमानित १ लाख ३० हजार ४२४ जना लागुऔषध प्रयोगकर्ता थिए। कुल लागुऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला पाइएको बताइएको छ ।
प्रयोगकर्तामध्ये पनि ६९ प्रतिशत अर्थात ९० हजारभन्दा बढी प्रयोगकर्ताले सुईबाट लागुऔषध प्रयोग गर्ने गरेका पाइएको छ। सर्वेक्षणले नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गूणाले बढेको देखाएको छ ।
लागुऔषध प्रयोगकर्ता बढ्दै जानुले नेपाली समाजमा थप चिन्ता पैदा गरेको रिकभरिङ नेपालका कार्यक्रम व्यवस्थापक राजु जोशीले बताए । उनले एउटा लागुऔषध प्रयोगकर्ताले आफ्नो जीवन कसरी त्यहाँसम्म पुर्यायो भन्ने हिसाबले सरकारले सोच्न जरुरी रहेको औँल्याए ।
नेपालमा अधिकांश (७५ प्रतिशत भन्दा बढी) प्रयोगकर्ता १५ देखि २४ वर्ष उमेर समूहका छन् । उनीहरुलाई फौजदारी मुद्दा वा दण्डको सट्टा तथ्यमा आधारित उपचार सेवाको पहुँच प्रदान गर्न आवश्यक रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस