आज नेप्से १८ दशमलव ७६ अंकले घट्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १८ दशमलव ७६ अंकले घटेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर २ हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।
नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७३४ कित्ता शेयर ५८ हजार ११९ पटक खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आज सबै समूहको उपसूचक राता देखिएका छन् ।
बैंकिङ १ दशमलव १६, विकास बैंक शून्य दशमलव ८७, वित्त १ दशमलव शुन्य ४, होटल तथा पर्यटन शून्य दशमलव ७२, जलविद्युत् शून्य दशमलव ८७ र लगानी समूहको उपसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ ।
जीवन बीमा समूह शून्य दशमलव ९८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६४ र म्युचुअल फन्ड शून्य दशमलव ७२ प्रतिशतले घटेको छ ।
निर्जीवन बीमा शून्य दशमलव ८३, व्यापार शून्य दशमलव ६३ र अन्य समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ ।
आज समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ११ करोड २७ लाख ९८ हजार ७८२ रुपैयाँ बराबरका ३ लाख ६२ हजार १२४ कित्ता शेयर किनबेच भएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस