हतियार उठाउने माओवादीलाई कुनै मुद्दा नलाग्ने, मधेशी नेतालाई मात्र किन मुद्दा ?

काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनमा सहभागी नेताहरुमाथि मुद्दा चलाइएकोमा आक्रोस व्यक्त गरेका छन्।
मंगलवार प्रतिनिधिसभा बैठकमा अध्यक्ष ठाकुरले मधेश आन्दोलनमा भाग लिएका नेताहरु अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डे, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजीवन कैदको सजाय सुनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले पुराना पार्टीहरु हतियार उठाएरै आए पनि उनीहरुका नेताविरुद्ध कुनै मुद्दा नलगाइएको र माओवादीहरु जनयुद्धमा हतियार उठाएर आए पनि उनीहरुमाथि कुनै मुद्दा नलगाइएको भन्दै मधेशीमाथि मात्र किन मुद्दा लगाइयो भनि सरकारसँग प्रश्न गरे ।
‘नेपाल राज्यको इतिहास मारकाट, धोकाधडी, षड्यन्त्रले भरिएको यहाँको इतिहास हो। त्यसैले आजभोलि जुन घटनाहरु भइरहेका छन्‚ त्यो राज्यको चरित्र हो र अदालतको पनि त्यही चरित्र हुन्छ जुन राज्यको हुन्छ। किनकी राज्यको अङ्ग हो अदालत पनि। अदालतको फैसलामा पनि त्यही देखिन्छ‚’ उनले भने‚ ‘यहाँ पुराना पार्टीहरु जम्मै हतियार उठाएर नै आएका छन्। माओवादी तपाईंहरु जनयुद्ध गरेर नै आउनुभएको छ तर बताउन सक्नुहुन्छ कुनै नेतामाथि मुद्दा छ? कसैको माथि मुद्दा छ? छैन। अनि मधेशीहरुमाथि नै किन मुद्दा?’
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस