स्नायु तथा मेरुदण्ड स्वास्थ्यलाई सामान्य रुपमा नलिन डा. कर्णको सुझाव

काठमाडौं, ३ असार / स्वास्थ्य विशेषज्ञहरुले सामाजिक उत्तरदायित्व वहन गर्ने क्रियाकलापअन्तर्गत सर्वसाधारणको जानकारीका लागि विभिन्न रोगका सामान्य जानकारीहरु सार्वजनिक गर्दै आएका छन् ।
आफ्नो विशेषज्ञताअनुसार सार्वसाधारणको हितका लागि उपचारमा ध्यानाकर्षित गर्न स्वास्थ्य चिकित्सहरुले यस्तो जानकारीहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न थालेका हुन् । इन्टरनेट सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले छिटो जानकारी प्राप्त गर्न सक्ने गरी मस्तिष्क, मेरुदण्ड तथा स्नायु रोग विशेषज्ञ डा. राजेश कर्णले आफ्नो फेसबुक पेजमा नशा (स्नायु) रोगको विषयमा सर्वसाधारणको हितका लागि एक सामान्य जानकारी पोष्ट गरेका छन् ।
उनले आफ्नो फेसबुक पेजमा पोष्ट गरेको जानकारीअनुसार विभिन्न कारणहरुले मेरुदण्ड वा मस्तिष्कबाट निस्कने नशा (स्नायु) को क्षति हुदै जानुलाई न्युरोपैथी भनिने र यस रोगले धेरै मानिसहरु ग्रसित छन् र अन्तन्त कष्टकर जीवन विताउन बाध्य भएका छन् ।
कहिले काँहि कुनै खास परिस्थितिमा (जस्तै पलेठी मारेर बस्दा, धेरै चिसोमा रहँदा, सिस्नुलाई छुँदा, आगोले पोल्दा हात वा खुट्टा केहि बेर झम्झमाउनु वा लाटो हुनु सामान्य कुरा भएपनि यदि हातगोडा झम्झाउनु वा पोलाई र लाटोपना सामान्य अवस्थामा बाहेक लगातार हुनु, अझ बढ्दै वा अन्य भागमा फैलिदै जानुलाई सामान्य रुपमा लिन नहुने डा. राजेश कर्णको सुझाव छ । उनले हात–खट्टाका केहिबेर मांशपेसी फर्किने वा कमजोर हुदै गएको छ र हात गोडा चिसो हुनुका साथै छाला चिल्लो हुदै जानु र अत्यधिक पसिना आउँनु वा छाला सुख्खा हुनु, दिसापिसाबमा समस्या आउनु, बसेर उठ्दा रिङ्गटा लाग्नु, हिड्दा हुत्तिनु (खासगरी अध्यारोमा) वा मुटु ढुकढुक गर्नुलाई नशा (स्नायु) को क्षतिको लक्षणका रुपमा लिएका छन् ।
चिकित्सकीय प्रयोगमा यस्ता लक्षण देखा पर्नुलाई न्युरोपैथी भन्ने गरिएको पनि डा. कर्णले उल्लेख गरेका छन् । यदि यस्ता लक्षणहरु तीब्रताका साथ केहि दिनमै बढ्दै गएको छ र सँगै खाना निल्न वा सास फेर्न गाह्रो हुदै गएको छ भने यसले गुलेनवारी सिन्ड्रोम, माएस्थेनिक क्रेईसिस जस्ता गम्भीर रोगहरुलाई निम्त्याउन सक्ने डा. कर्णको भनाइ छ ।
उनले यस्ता लक्षण देखा परेका पीडितहरुले जतिसक्दो छिटो विशेषज्ञ चिकित्सकहरुको परामर्श लिन र उपचारको विकल्प अपनाइ हाल्न समेत सुझाव दिएका छन् । डा. राजेश कर्णले बताएअनुसार यसको जति सक्दो छिटो पहिचान र उपचार नभएमा नशा (स्नायुको) स्थायी क्षति हुन जान्छ । यस्ता लक्षण देखा पर्नासाथ उपचारमा ढिलासुस्ति गर्दा पुनः उपचार गर्न कठिन हुनुका साथै हात-गोडाको स्थायी कमजोरी हुने र कामै नगर्ने हुने सक्ने चेतावनी पनि उनले बताएका छन् । यस्ता लक्षणहरु तीब्रताका साथै बढ्दै गएको विरामीहरुले समयमा नै उपचार गर्न आनाकानी गर्ने हो भने अङ्गभङ्ग हुने अझ मुत्युकै सम्भावना रहेको पनि उनले बताएका छन् ।
स्नायु रोग विशेषज्ञ डा. रोजेश कर्णले यस रोगको औषधि उपचारबाट नै उपचार सम्भव हुने बताएका छन् । केही विशेष परिस्थितिमा मात्र शल्य क्रियाको आवश्यकता पर्ने भन्दै यस रोगको समयमा नै पहिचान र उपचार गरी पुन : सरल जीवन विताउन उनले सार्वजनिक रुपमा परामर्श दिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस