टी-२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग झिनो रनले पराजित

काठमाडौं / जारी आइसीसी टी-२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग पराजित भएको छ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा दक्षिण अफ्रिका १ रनले पराजित भएको हो।
११६ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले फिनिसिङमा चुक्दा १ रनले पराजित भयो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १३ रन बनाए । यस्तै अनिल साहले २७ रनको योगदान गरे। अरिफ शेखले ४२ रनको योगदान गरे। यस्तै दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए ।
दक्षिण अफ्रिकाका तब्रिज साम्सीले सर्वाधिक ४ विकेट लिन सफल भए ।
त्यस अघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।
यस समूहबाट दक्षिण अफिका सुपर ८ मा प्रवेश गरिसकेको छ । श्रीलंका समूह चरणबाटै बाहिरिएको छ ।यस सँगै नेपालको विश्वकप यात्रा यहीँ टुंगिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस