बंगलादेशले दियो नेदरल्याण्डसलाई जितका लागि १६० रनको लक्ष्य

T20-World-Cup-2024-Bangladesh

काठमाडौँ /जारी आईसीसी टी-२० विश्कपअन्तर्गत वेष्ट इण्डिजको किंग्स्टनस्थित आर्नोस भेल स्टेडियममा भइरहेको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई जितका लागि १६० रनको लक्ष्य दिएको छ ।

टस जितेको नेदरल्याण्डसले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउँदै १५९ रन बनायो ।

Advertisement:T20-World-Cup-2024-Bangladesh

बंगलादेशका लागि सर्वाधिक व्यक्तिगत रन सकिब अल हसनले बनाए। उनले ४६ बल खेलेर ९ चौकाको सहायतामा अविजित ६४ रन बनाए ।

ओपनर तान्जिद हसनले ३५ रन‚ महमदुल्लाले २५ रन र जाकिर अलीले अविजित १४ रन बनाए ।

बंगलादेशले अतिरिक्त १० रन पाएको थियो ।

नेदरल्याण्डसका लागि आर्यन दत्त र पल भान मिकेरनले २/२ विकेट लिए भने टिम प्रिंगलले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस् :