राप्ती नगरपालिकाको यौरालिटारमा आषाढ १२ गते नि:शुल्क आँखा शिविर संचालन हुँदै

बागमती प्रदेश, हेटौंडा / यहि आषाढ १२ गते लोथर स्वास्थ्य चौकी राप्ती नगरपालिका – १२, यौरालिटारमा निशुल्क आँखा जाँच, औषधि वितरण तथा मोतियाविन्दुको अप्रेशन हुने भएको छ ।
वागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशानालय, हेटौडाको आयोजना एवं नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनको प्राविधिक सहयोग र राप्ती नगरपालिकाको स्थानीय व्यवस्थापनमा निम्न मिति र स्थानमा नि:शुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर वस्ने भएको हो ।
मोतीविन्दु एवम् अन्य आँखाका समस्या भएका सवैले समयमै सम्पर्क राखी मौकाको फाईदा उठाउनहुन सूचनामा अनुरोध गरिएको छ ।
साथै मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा पनि यहि आषाढ १६ गते आँखा शिविर संचालन हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस