नागरिकले महशुस गर्नेगरी सेवा प्रवाह गर्न गृहमन्त्री लामिछानेको निर्देशन

rabi-lamichhane

तातोखबर, हेटौंडा / नागरिकले महशुस गर्नेगरी सरकारी सेवा प्रवाह गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बुधवार मकवानपुरको हेटौँडामा बसेको वागमती प्रदेशको सुरक्षा समितिको बैठकमा सहभागीहुने क्रममा गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन् । लामिछानेले सरकारी सेवा प्रवाह नतिजामुखी र नागरिकले महशुस गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् । गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा र अपराध नियन्त्रणको काममा बढी जोड दिन समेत भनेका छन्।

Advertisement:rabi-lamichhane

गृह प्रवक्ता नारायण भट्टराईले भने, ‘शान्ति सुरक्षा र अपराध नियन्त्रणको कामहरुका बारेमा पनि छलफल भएको छ । गृह मन्त्रालयले विकास निर्माणका काममा आवश्यक समन्वय र सहजीकरण गर्ने, सेवा प्रवाहमा आवश्यक समन्वय, सहजीकरण र नियमन गर्ने, सुशासन प्रवन्धनमा सहयोग गर्ने, नागरिकको गुनासा सुन्ने र त्यसलाई सम्बोधन गर्ने लगायतका काम हुन्छन्। नागरिकले महशुस गर्ने गरी र नतिजामुखी भएर काम र सबै क्षेत्रमा सुधार गर्न उहाँले निर्देशन दिनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application