जलविद्युत् कम्पनीको शेयर कारोबार चम्किँदा बढ्यो नेप्से

share-market-increase-news-tatokhabar.com

ताताेखबर, काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३३ दशमलव १५ अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ५९ प्रतिशतले बढेर २ हजार ११५ दशमलव २४ को बिन्दुमा कायम भएको हो ।

आज ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ७४ हजार ८७७ पटक खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Advertisement:share-market-increase-news-tatokhabar.com

जलविद्युत् कम्पनीहरुको मात्र आज २ अर्ब २८ करोड ७ लाख ९० हजार ८४५ रुपैयाँ बराबरको ५९ लाख ७९ हजार ४४३ कित्ता शेयर किनबेच भएको छ ।

आजको कारोबारमा जलविद्युत् समूहको उपसूचक २ दशमलव ५८, व्यापार २ दशमलव १२, निर्जीवन बीमा २ दशमलव १९, जीवन बीमा २ दशमलव ४० र वित्त समूह २ दशमलव १६ प्रतिशतले बढेको छ ।

बैंकिङ समूह १ दशमलव ७३, विकास बैंक १ दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ५९, लगानी १ दशमलव ०९ र उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० प्रतिशतले बढेको छ ।

म्युचुअल फन्ड शून्य दशमलव ५० र अन्य समूहको उपसूचक शून्य दशमलव ५३ प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड, ग्रीन भेन्चर लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर मूल्य ५ दशमलव ८१ र कुमारी इक्विटी फन्डको शेयर मूल्य ४ दशमलव ९४ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३६ करोड ३० लाख ९२ हजार ९१० रुपैयाँ बराबरको ५ लाख २५ हजार १८५ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application