अनियमितता ढाकछोप गर्न मिडियाको प्रयोग, ऋण दिन नसक्ने अवस्थामा एनआईसी एसिया

nic-asia-bank-case

काठमाडौं, २४ जेठ / एनआइसि एसिया बैंकमा वृद्धि हुदै गएको आर्थिक अनियमितता ढाकछोप गर्न आमसञ्चार माध्यमहरुको प्रयोग बढाउन थालिएको छ ।

वित्तीय संस्थाहरुले उद्यमी बन्न चाहने सेवाग्राहीहरुले माग गरेको कर्जा प्रवाह गर्न सक्ने अवस्था नरहेको बताउने र बैंकको कारोबारमा हुने अनियमितताको ढाकछोप गर्न आमसञ्चार माध्यमहरुको प्रयोग बढाउन थालिएको हो ।

Advertisement:nic-asia-bank-case

नेपालका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले बैंकको कारोरबार असन्तुलित बनाउने सूचीमा एनआईसी एसिया अगाडि रहेको वित्त पीडितहरुको गुनासो रहेको छ । पीडितहरुले तातोखबरसँग गुनासो गर्दै बैंक सञ्चालकहरुले आमसञ्चार माध्यमहरुलाई विज्ञापनस्वरुप रकम बुझाएर आफुले गरेको अनियमिताको ढाकछोप गराउने गरेको बताए ।

सिस्टममा प्राविधिक त्रुटि देखाएर ग्राहकलाई दुःख

एनआईसी एसिया बैंकको गतिविधिहरु शङ्कास्पद रहेको र बैंकले सेवाग्राहीहरुको खातामा रहेको रकम नै आफूलाई आवश्यकता पर्दा निकालेर उपयोग गर्न नपाएको समेत जानकारी दिएका छन् ।

बैंकको प्राविधिक त्रुटि देखाएर दुःख दिने बारम्बार सेवाग्राहीहरुको खाताबाट रकम काटिने गरेको विषयमा बैंकसँग सेवाग्राहीले सम्पर्क गरी प्रश्न गर्दा सिस्टमको खरावी औंल्याउँदै कर्मचारीहरु उम्किने गरेको पाइएको छ । बैंकमा गएर उजुरी गरेपछि मात्र काटिएको रकम आफ्नो खातामा फिर्ता हुने अन्यता उक्त रकम बैंकले सिस्टमको गलत प्रयोग गरी आफैंले प्रयोग गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ ।

एटिएम कार्ड नविकरणबापत बैंकले दुई पटकसम्मसेवाग्राहीको खाताबाट रकम काटिएको एक सेवाग्राहीले तातोखबरलाई जानकारी दिएका छन् । सर्वसाधारणलाई बैंकले यसरी रकम काटिएको थाहा हुदैन, तर बैंक आफ्नो सिस्टम सुधार गर्नुभन्दा पनि ठूला मानिएका आमसञ्चार माध्यमहरुलाई नाजायज रकम दिएर पानीमाथिको ओभानो बन्ने खोजिरहेको देखिन्छ ।

ऋण दिन नसक्ने अवस्थामा एनआईसी एसिया

एनआईसी एसिया पूँजीकोष अनुपात सीमाभन्दा तल पुगेका कारण ऋण दिन नसक्ने अवस्थाको नजिक पुगेको हो । बैंकहरूले जोखिम सम्पत्तिको तुलनामा कुल पूँजीकोष अनुपात ११ प्रतिशत र प्राथमिक पूँजी अनुपात न्यूनतम ८.५ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।

चैत मसान्तसम्म एनआईसी एसिया बैंकको प्राथमिक पूँजीकोषमा ९ प्रतिशतभन्दा कम रकम रहेको छ । कर्जाको माग आएमा अहिले एनआइसी एसिया कर्जा दिनै नसक्ने अवस्थामा पुगेको छ । हाल एनआइसी एसियाको प्राथमिक पूँजीकोष ८.२५ प्रतिशत मात्रै छ । यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा तल हो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application