महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटलबीच सहकार्य

nic-asia-capital-mahalaxmi-devlopment-bank-banking-news-nepal-aarthik-samachar

तातोखबर, काठमाडौं / महालक्ष्मी विकास बैंक र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ।

एनआईसी एसिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित खुलामुखी योजना-एनआईसी एसिया डाइनामिक ‘डेप्ट फण्ड’को महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रूपमा कार्य गर्न एक समझदारीपत्रमा हस्ताक्षर भएको हो।

Advertisement:nic-asia-capital-mahalaxmi-devlopment-bank-banking-news-nepal-aarthik-samachar

महालक्ष्मी विकास बैंकको शाखा सञ्जालको अधिकतम उपयोग गरी लगानीका अवसरको थप विस्तार तथा विविधीकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ। देशभर रहेका लगानीकर्ताको एनआईसी एसिया डाइनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशिता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास समेत लिइएको छ। हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश: देशभरका शाखा कार्यालयमार्फत प्रदान गरिनेछ।

साथै २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।

‘सबल बैंक, सफल सहकार्य’ को नारा आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यो बैंकको देशभर १०३ शाखा कार्यालय छन्। करिब ७ लाख ग्राहकमाझसेवा प्रवाह गरिरहेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application