एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन

सुनसरी / नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ ।
लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धी रोगका कारण बिरामी परेका खनाल १५ दिनअघि मात्रै एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष खनाललाई परिवारका सदस्यहरूले उपचारका लागि हैदरावाद लैजाने क्रममा रेलभित्र बिहीबार बिहान २ बजे निधन भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिए ।
खनाल जेठ ५ देखि ७ सम्म आयोजित एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका थिए । उनले अध्यक्षका अर्का उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका थिए ।
बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी भएका खनाल अध्यक्षमा निर्वाचित भएपछि झन बिरामी परेका थिए ।
एमाले सुनसरीको अध्यक्षमा निर्वाचित हुनुअघि खनाल उपाध्यक्ष थिए । उनी यसअघि सुनसरीकै बराहक्षेत्र नगरपालिकाको मेयर पनि हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस