पपुवा न्यूगिनी दोस्रो खेलमा पनि पराजित

काठमाडौं / आइसीसी टी-२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) दोस्रो खेलमा पनि पराजित भएको छ ।
आज विहान भएको खेलमा पीएनजीलाई युगान्डाले ३ विकेटले हराएको हो । ७८ रनको सामान्य लक्ष्य युगान्डाले ७ विकेटको क्षतिमा पुरा गर्यो । युगान्डाका लागि रियाज अलि साहले सर्वाधिक ३३ रन बनाए ।
प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्यूगिनी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भयो ।
पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो । युगान्डाले विश्वकपमा विजयी सुरुवात गरेको छ भने पीएनजीको जारी विश्वकपमा लगातार दोस्रो हार हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस