NTC App - Ad

टस हारेका पीएनजी र अष्ट्रेलिया ब्याटिङमा

काठमाडौं / आइसीसी टी-२० विश्वकपमा आज तीनवटा खेल हुँदै छ।

पहिलो खेल समूह सी मा रहेका पीएनजी र युगाण्डाबीचको खेल जारी छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा यी दुईबीचको खेल जारी छ । विहान सवा ५ बजेबाट सुरु भएको खेलमा टस हारेर ब्याटिङ थालेको पीएनजीले खराब सुरुवात गरेको छ । उसले १५औं ओभरमा ७ विकेट गुमाएर ६६ रन बनाएर खेलिरहेको छ । जारी विश्वकपमा पीएनजी र युगाण्डा दुवैले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

Advertisement:

त्यस्तै दोस्रो खेल समुह बी मा रहेका अस्ट्रेलिया र ओमानबीचको खेल पनि जारी छ । वार्बाडोसस्थित किंग्सटेन ओभलमा जारी खेलमा अष्ट्रेलियाले टस हारेर ब्याटिङ गरिरहेको छ।  यस विश्वकपमा अस्ट्रेलियाको यो पहिलो खेल हो भने ओमानले आफ्नो पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ ।

त्यस्तै आज तेस्रो खेल समुह ए अन्तर्गतको अमेरिका र पाकिस्तानबीच हुने छ । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ९ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपमा पाकिस्तानको यो पहिलो खेल हो भने अमेरिकाले यसअघि क्यानडालाई पराजित गरेर २ अंक हासिल गरेको छ ।

 

Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :