एमाले मकवानपुरको लेखा समिति उपाध्यक्षमा जिल्लाकै कान्छो उम्मेदवार लामिछाने निर्वाचित

तातोखबर, हेटौंडा / नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा जिल्लाकै कान्छो उम्मेदवार नितेश लामिछाने लेखा समिति उपाध्यक्षमा निर्वाचित भएका छन् । जिल्ला लेखा समिति उपाध्यक्ष पदको निर्वाचनमा निकटतम प्रतिद्धन्दी ऋषि के. वी.ले २१६ मत प्राप्त गर्दा लामिछानेले २७९ मत ल्याएर विजयी भएका छन् । उनका अर्का प्रतिद्धन्दी सन्देश विडारीले १६६ मत पाएका थिए ।
नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि ७ सय ६५ प्रतिनिधिले मतदान गरेका छन् । मतदान आइतबार दिनको ४ बजेर १५ मिनेटमा सुरु भई राती करिब १० बजे मतदान सम्पन्न भएको थियो ।
निर्वाचन समितिले आइतबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने तालिका सार्बजनिक गरे पनि दिउँसो ४ बजेर १५ मिनेटमा मतदान सुरु भएको थियो ।
जिल्लाका ७ सय ७७ जना प्रतिनिधि मध्ये १२ जना अनुपस्थित रहेका थिए । एमाले मकवानपुरको ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन भएको हो । मतगणना भने हेटौँडा-४ स्थित भुवनेश्वर मन्दिरको सभाहलमा सम्पन्न भएको थियो ।
सम्पन्न निर्वाचनमा नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन् । एमाले जिल्ला अध्यक्षका अर्का प्रत्यासी इन्द्रमान स्याङ्तानलाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन् ।
पोखरेलले ३१३ मत प्राप्त गर्दा स्याङ्तानले २६२ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस