मध्यराति प्रहरी वृत्तमा गृहमन्त्रीको अनुगमन, सेवा प्रभावकारी बनाउन निर्देशन

काठमाडौं / गृहमन्त्री रवि लामिछानेले कामकारबाही प्रभावकारी बनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
शुक्रबार राति बौद्ध, गौशाला र महाराजगञ्ज प्रहरी वृत्तको अनुगमनका क्रममा उनले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिए । उजुरी/जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी लिए ।
नयाँ बसपार्क क्षेत्रको विशेष सुरक्षा योजना पाँच दिनभित्र पेश गर्न महाराजगञ्ज वृत्त प्रमुखलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रहरीको काम कारवाही थप प्रभावकारी बनाउन गर्नुपर्ने सुधारका लागि सुझाव दिन, प्रहरी सङ्गठनलाई अझ नागरिकमैत्री, व्यावसायिक, स्रोत-साधनयुक्त र चुस्त-दुरुस्त बनाउन गर्नुपर्ने कामको योजना बनाउन सुझाव लिनका लागि गृहमन्त्री लामिछानेले तल्लो तहका प्रहरी युनिटको अनुगमन थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस