धनगढीलाई उछिनेर नेपालगञ्जले गर्यो तापक्रम रेकर्ड ब्रेक

जेठ १७, काठमाडौँ / दिउँसो धनगढीमा अधिकतम तापक्रम ४४.१ डिग्रीको ‘रेकर्ड ब्रेक’ भएकै केहि समयमा त्यसलाई उछिनेर आजै नेपालगञ्जमा तापक्रम रेकर्ड ब्रेक भएको छ।
आज बिहीवार नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४४.२ डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार उक्त रेकर्ड यो वर्षकै सबैभन्दा बढी हो।
धनगढीमा ४४.१ डिग्री, भैरहवामा ४३.६ डिग्री, विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४०.२ डिग्री तापक्रम मापन भएको छ। आज पोखरामा ३४ र काठमाडौँमा ३४.४ डिग्री तापक्रम मापन भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस