सुरक्षाकर्मीको उमेरहद अध्ययन गर्न कार्यदल गठन

तातोखबर, काठमाडौँ / गृह मन्त्रालयले सुरक्षाकर्मीको उमेरहद अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झंक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल प्रहरीका नायब महानिरीक्षक, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन शाखाका उपसचिव र मन्त्रालयले तोकेका सुरक्षा विज्ञ सदस्य रहेका छन् ।
गृह मन्त्रालयका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे कार्यदलको सदस्यसचिव छन् । समितिलाई मौजुदा ऐन, नियमको अध्ययन गरी अन्य मुलुकका अभ्याससमेतका आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने घोषणा गरेको थियो ।
बजेट घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने उल्लेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस