कोशी प्रदेशको बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले वृद्धि

विराटनगर / कोशी प्रदेशका प्रदेश प्रमुखलाई महालेखापरीक्षकको कार्यालयले छैटौँ लेखापरीक्षण प्रतिवेदन बुझाएको छ ।
कार्यालयले बुधवार प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो ।
महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रसाद राईले आर्थिक वर्ष ०७९/८० को उक्त प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिवेदनमा कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको कोशी प्रदेशका महालेखापरीक्षक श्रीप्रसाद राईले जनाए ।
लेखापरीक्षकको कार्यालयले प्रदेश सरकारअन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार रुपैयाँ र १८ समिति तथा अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजार रुपैयाँसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजार रुपैयाँको लेखापरीक्षण सम्पन्न गरेको थियो ।
प्रतिवेदनमा औँल्याइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार रुपैयाँ असुल गर्नुपर्ने, १ अर्ब ९ करोड ४० लाख ४७ हजार रुपैयाँ नियमित गर्नुपर्ने उल्लेख छ ।
नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार रुपैयाँ अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार रुपैयाँको प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार रुपैयाँ पेश्की दिएको उल्लेख छ ।
आर्थिक वर्ष ०७९/८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैयाँसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको बताइएको छ ।
अद्यावधिक बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस