एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित

तातोखबर, चितवन / नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् ।
एमाले चितवनको ११औँ जिल्ला अधिवेशन आज बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्ष निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गरे। पाठक यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए ।
उपाध्यक्षमा श्याम कुमार बिष्ट ४०४ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गरे । सचिवमा प्रकाश ढुङ्गाना ४६६ मत प्राप्त गर्दै विजयी भए । प्रतिस्पर्धी पदमपाणि सुवेदीले २२१ मत प्राप्त गरे । यस्तै उपसचिव(खुल्ला) मा २४० मत प्राप्त गर्दै मीनबहादुर परियार विजयी भए । केशव आचार्यले २०६ मत, टीकाराज रिजालले १५० मत र गोपाल परियारले ७९ मत प्राप्त गरे ।
उपसचिव (महिला) तर्फ ज्वाला पुरी वनले ३६६ मतका साथ विजयी भइन्। प्रतिस्पर्धी जानकी शर्माले ३१० मत प्राप्त गरिन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस