भोजपुर र खोटाङ जोड्ने कोट-पाँचधारे सडकको स्तरोन्नति हुँदै

भोजपुर / भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट-पाँचधारे सडकको स्तरोन्नति थालिएको छ। वर्षायाममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका-६ कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो।
सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राभेल गर्नेलगायतको काम भइरहेको छ। वडा नं. ६ कार्यालयको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको ८० लाख बजेटबाट पिखुवाखोला पुलबाट वडा नं ६ कार्यालयसम्मको सडक स्तरोन्नति थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए।
पश्चिमी क्षेत्रको महत्त्वपूर्ण सडक रहेकाले प्राथमिकतासाथ काम अघि बढाएको उनले जानकारी दिए। हालसम्म करिब ५० प्रतिशत काम सम्पन्न भएको छ। सडक स्तरोन्नतिपछि कृषि उपज बजार पुर्याउन सहज हुने स्थानीयवासी हरिकुमार राईले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु