राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानलाई

Karante-Khotang

तातोखबर, खोटाङ / दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराँते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेको छ ।

‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित १ लाख ११ हजार १११ राशिसहित उपाधि जितेको हो ।

Advertisement:Karante-Khotang

सातवटै प्रदेशका कराते खेलाडी सहभागी प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र सात कास्य पदकसहित बागमती प्रदेश द्वितीय, दुई स्वर्ण, एक रजत र चार कास्य पदकसहित गण्डकी प्रदेश तृतीय तथा एक स्वर्ण, सात रजत र चार कास्य पदकसहित कोशी प्रदेश चौथो भएको छ ।

प्रतियोगिताका  प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः एक लाख ११ हजार १११, रु ५५ हजार ५५५, रु ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ आयोजक टोलीका रुरीहाङ दुमी राई घोषित भएका छन् । उनीहरूले जनही २२ हजार २२२ रुपैयाँ प्राप्त गरे ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेश प्रदेश घोषित भएको छ । उत्कृष्ट व्यवस्थापन गर्ने मधेश प्रदेशलाई ११ हजार १११ नगद प्रदान गरिएको थियो । गत वैशाख ३१ गते शुरु भएको महोत्सवअन्तर्गत एथ्लेटिक्स, राष्ट्रिय कविता तथा राष्ट्रिय गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

दिक्तेल बजारमा आयोजित बृहत् महोत्सवमा पर्याप्त आर्थिक गतिविधि भएका उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले जानकारी दिए ।

(रासस)

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application